१५ दिनमा १४६ निजामती कर्मचारीले दिए राजीनामा, पेन्सन सेवामा चाप बढ्यो
काठमाडौं । असार महिना लागेपछि १४६ निजामती कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय किताबखाना (निजामती) का अनुसार सोही अवधिमा अनिवार्य अवकाशमा जाने कर्मचारीभन्दा राजीनामा दिने संख्या बढी देखिएको छ।
किताबखानाको विवरणअनुसार १ गतेदेखि १९ गतेसम्म १४२ कर्मचारी अनिवार्य अवकाशमा गएका छन् भने १४६ जनाले स्वेच्छिक राजीनामा दिएका हुन्।
राजीनामा दिनेमा उच्चदेखि सहायक स्तरसम्मका कर्मचारी समावेश छन्। विवरणअनुसार ५ जना सहसचिव, ३३ उपसचिव, २९ शाखा अधिकृत तथा ७९ सहायक स्तरका कर्मचारीले राजीनामा दिएका छन्।
राजीनामा दिएका सबै कर्मचारीले पेन्सनका लागि समेत आवेदन दिइसकेका छन्। राजीनामा दिने संख्या बढेसँगै ई–पेन्सन सेवा र किताबखानामा प्रशासनिक तथा प्राविधिक चाप बढेको जनाइएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया