Techie IT
KTM Post
बिहीबार, २५ असार, २०८३

टिकापुरबाट भागेका थुनुवा अस्नेरीमा समातिए


काठमाडौं । कैलालीको टिकापुरस्थित इलाका प्रहरी कार्यालयबाट भागेका टीकापुर नगरपालिका–१ का ३१ वर्षीय संजय नगार्जी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई टिकापुर ४ अस्नेरीबाट पक्राउ गरेको हो ।

भेष बदलेर मोटरसाइकल चलाइरहेको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको छ। मोटरसाइकलसहित उनी समातिएका छन् । मोटरसाइकलमा भारततर्फ भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जनाइएको छ ।

गत ८ गते करिब ९ ग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनी आइतबार राति ड्युटीमा रहेका प्रहरी जवानलाई छक्याउँदै हिरासतबाट फरार भएका थिए ।

घटनाको छानबिनका लागि डीएसपी तिमिल्सिनाकै संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट