Techie IT
KTM Post
बिहीबार, २५ असार, २०८३

राहदानी विभागको गेटमा एक पुरुषले गरे आत्मदाह प्रयास


काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । विभागको ३ नम्बर गेटअगाडि एक पुरुषले केहीबेरअघि शरीरमा आगो लगाएर आफ्नै ज्यान लिने प्रयास गरेका हुन् ।

घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ ।

ती पुरुषको पहिचान र यस्तो कदम चाल्नुको कारण अझै खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट