Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

यस्तो छ प्रलोपाले घोषणा गरेको पाँच बुँदे कार्यक्रम


काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले समाजवादी लोकतान्त्रिक आन्दोलनका लागि पाँच बुँदे कार्यक्रम घोषणा गरेको छ ।

वैशाख ११ र १२ गते काठमाडौँमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टीको आगामी कार्यक्रम घोषणा गरेको हो । गत वर्ष फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोरेपछि चुनावी समीक्षाका लागि बैठक बोलाएको थियो ।

यस्ता छन् प्रलोपाले घोषणा गरेको तत्कालीन कार्यक्रम

१. पार्टीको आगामी राजनीतिक यात्राका लागि वैचारिक, राजनीतिक र साङ्गठनिक संरचना तयार गर्न एउटा केन्द्रीयस्तरको समिति निर्माण गर्ने।

२. समाजवादी लोकतान्त्रिक आन्दोलनलाई नयाँ ढङ्गबाट परिभाषित गर्नुपर्ने, नयाँ कार्यक्रम र कार्यदिशा बनाउनुपर्ने भएकाले वर्तमान पार्टीको पुनर्संरचना गर्ने।

३. आजको राज्य-सत्ताको प्राथमिकतामा नपर्ने विद्यमान वर्गीय, जातीय, लैङ्गिक, क्षेत्रीय समस्या समाधानका लागि नेतृत्व र सङ्घर्ष गर्ने।

४. स्थानीय पार्टी सङ्गठनहरूलाई भेला मार्फत सुदृढ गर्दै आ(आफ्नो तहका सरकारका गलत कार्यको खबरदारी गर्ने। उत्पादन र रोजगारीका मार्फत प्रलोपा सदस्यहरूको आर्थिक जीवनमा सहजता ल्याउने। साथै, स्थानीय तहमा आइपर्ने विपद्हरूमा स्वयंसेवकरुपमा उद्धार र सहयोगमा सक्रिय रहने। र, आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सङ्गठन निर्माण गर्ने।

५. नयाँ युगको नयाँ ‘समाजवादी लोकतान्त्रिक’ आन्दोलनका लागि सम्पूर्ण वामपन्थी एवं समाजवादीहरूको एउटै सशक्त सङ्गठन निर्माणको लागि आव्हान गर्दछौँ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट