Techie IT
KTM Post
शनिबार, ९ साउन, २०८३

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त


काठमाडौं । सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियारलाई नियुक्त गर्ने निर्णय गरेको छ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सिफारिस समितिले योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस गरेका परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय भएको जनाएको हो।

मन्त्रालयका अनुसार उक्त पदका लागि असार ५ गते प्रकाशित सूचनाअनुसार आवेदन दिएका उम्मेदवारहरूको मूल्याङ्कनपछि सिफारिस समितिले साउन ३ गते सिफारिस गरेको थियो।

त्यसपछि अस्पताल विकास समितिको साउन ४ गतेको निर्णयका आधारमा परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट