Techie IT
KTM Post
शनिबार, ९ साउन, २०८३

विदेशी मुद्राको विनिमय दर : डलर, युरो र दिनारको मूल्य कति?


काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (शुक्रवार) का लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा तोकिएको छ।यस्तै युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा कायम हुँदा युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा रहेको छ। स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६० पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९५ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९२ पैसा तोकिएको छ।

एसियाली मुद्राहतातर्फ जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर २२ रुपैयाँ ८६ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा तथा साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ५४ पैसा र बिक्रीदर १० रुपैयाँ ५९ पैसा कायम गरिएको छ।वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिने खाडी मुलुकका मुद्राहरूमा साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ३० पैसा र बिक्रीदर ४२ रुपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १५ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ। यस्तै हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९ रुपैयाँ ७४ पैसा तोकिएको छ।

अन्य मुलुकहरूको तुलनामा ममहङ्गो मानिने कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ९६ पैसा पुगेको छ भने बहराइन दिनार एकको खरिददर ४०८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४१० रुपैयाँ ५८ पैसा तथा ओमनी रियाल एकको खरिददर ४०० रुपैयाँ ५३ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ०७ पैसा कायम भएको छ। युरोपेली मुद्राहरूमा स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५ रुपैयाँ ९२ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४९ पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत् तोकिएको छ। राष्ट्र बैङ्कका अनुसार यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिनेछ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट