Techie IT
KTM Post
शनिबार, ९ साउन, २०८३

नेकपाकाे बागमतीमा मुख्यमन्त्रीको दौड: शालिकरामको स्वाभाविक दाबी, रत्न ढकाल र गंगानारायणकाे पनि दावी


बागमती प्रदेशको नयाँ सरकार गठनको चर्चा अहिले तीव्र बनेको छ । नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेबीच प्रदेश सरकार गठनका लागि सैद्धान्तिक सहमति बनेको चर्चा चलिरहँदा अब सबैको चासो मुख्यमन्त्री को बन्ला भन्ने प्रश्नमा केन्द्रित भएको छ ।

प्रदेश सभामा एमालेभन्दा ठूलो दल रहेका कारण नेपाली कम्युनिस्ट पार्टीले नै मुख्यमन्त्री पाउनुपर्ने दाबी स्वाभाविक रूपमा उठेको छ । नेकपाकाे २६ र एमालेकाे २५ सांसद छन् ।

यदि यही समझदारी कार्यान्वयन भयो भने संसदीय दलका नेता शालिकराम जम्मरकट्टेल पहिलो दाबेदारका रूपमा देखिन्छन् । उनी यसअघि पनि मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता हुन् । त्यसैले दलको नेतृत्व गरिरहेका कारण उनको दाबीलाई सबैभन्दा बलियो मानिएको छ ।

यद्यपि पार्टीभित्र अन्य आकांक्षीहरू पनि सक्रिय छन् । शालिकराम मुख्यमन्त्री रहँदा मन्त्री रहेका गंगानारायण श्रेष्ठले शीर्ष नेताहरूसँग भेटघाटलाई तीव्र बनाएको र आफ्नो पक्षमा वातावरण बनाउन प्रयास गरिरहेको चर्चा छ । तर प्रदेशका अधिकांश सांसदहरूको स्पष्ट समर्थन उनको पक्षमा नदेखिएकाले उनको सम्भावना अपेक्षाकृत कमजोर रहेको नेताहरू बताउँछन् । राजनीतिक भेटघाट बढे पनि संसदीय अंकगणित उनको पक्षमा नरहेको विश्लेषण भइरहेको छ ।

यता, यदि कुनै कारणले शालिकराम जम्मरकट्टेलले मुख्यमन्त्रीको दाबी नगरे वा पार्टीले अर्को विकल्प रोज्ने निर्णय गर्‍यो भने रत्न ढकाल बलिया प्रतिस्पर्धीका रूपमा अघि आउने सम्भावना रहेको चर्चा छ । विद्यार्थी राजनीतिबाट उदाएका ढकाललाई सन्तुलित, संयमित र सबै पक्षसँग काम गर्न सक्ने नेताका रूपमा हेरिने भएकाले उनको नाम पनि चर्चामा छ । उनले माथिबाट टीका लगाएर भन्दा सके पूर्ण सहमति नभए स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने मत राखेका छन् ।

यसैबीच, शालिकरामले मुख्यमन्त्री नबनेको अवस्थामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको परिवारकाे रोजाइले अन्तिम निर्णयमा प्रभाव पार्न सक्ने दाबी पनि केही नेताहरूले गरिरहेका छन् । यसाे हुँदा सरल सहयात्रीले पनि च्याँखे थाप्न सक्छन् । तर, यसपटक उनकाे प्रभावशाली मन्त्रीका लागि दवाव सिर्जना गराउनु हाे, उनी निकट स्राेतले दावी गर्याे ।

सरकार गठनसँगै मन्त्री बन्ने दौड पनि कम रोचक छैन । शालिकराम जम्मरकट्टेल, रत्न ढकाल वा गंगानारायण श्रेष्ठमध्ये जो मुख्यमन्त्री बने पनि सरकारमा मन्त्रीका रूपमा सरल सहयात्री सहभागी हुने सम्भावना रहेको चर्चा चलिरहेको छ । विशेषगरी प्रभावशाली मन्त्रालयको जिम्मेवारी कसले पाउने भन्ने विषयले पनि पार्टीभित्रको शक्ति सन्तुलनलाई संकेत गर्ने विश्लेषण भइरहेको छ । याे पटक मन्त्री नभए जीवनमा याे अवसर कहिले नआउने भन्दै उनी यसपटक अरूभन्दा उनी नै दाैडधुपमा रहेकाे बताइन्छ । गठबन्धनका कारणले मात्र मुश्किलले जितेका उनले आफ्नै वडामा सदस्यमा पनि जिताउन सक्दैनन् । त्यसैले अहिले मरिहत्ते गरेर लागेका छन् ।ण शालिकराम नै मुख्यमन्त्री बनेकाे अवस्थामा रत्न ढकाल र गंगानारायण पनि मन्त्री बन्ने सम्भावना छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट