Techie IT
KTM Post
शनिबार, ९ साउन, २०८३

ममतालाई जे भनेर ‘लल्कारे’ त्यसकै फन्दामा परे धर्मेन्द्र प्रधान


काठमाडौं । मे चार २०२६ मा पश्चिम बंगालको चुनावमा ममता बनेर्जी पराजित भइन् । १५ वर्षसम्मको सत्ता ढलेपछि उनले परिणाम आए पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिइन् ।

त्यसबखत भारतीय जनता पार्टीका नेता धर्मेन्द्र प्रधानले ममतालाई लल्कार्दै भनेका थिए,’सत्ता र शक्तिमा कसैको व्यक्तिगत अधिकार हुँदैन । सधैँभर सत्तामा रहने विशेषाधिकार कसैलाई पनि हुँदैन । ममताले राजीनामा दिनैपर्छ, सत्तामा पुर्‍याएका जनताले राजीनामा माग गरेपछि सत्तामा बस्ने छुट कसैलाई हुँदैन ।’

प्रधानले ममतालाई जसरी लल्कारेका थिए, अहिले उनी त्यसकै फन्दामा परे । भारतमा मेडिकल शिक्षाको प्रश्नपत्र लिक प्रकरणमा आफू नैतिक जिम्मेवारी लिने प्रतिबद्धता उनले जुन २१ मा गरेका थिए । जुन २३ मा लोकसभामा उनले आफ्नो प्रतिबद्धता उल्टाउँदै विगत सात वर्षमा प्रश्नपत्र लिक नभएको जिकिर पेस गरे । त्यसपछि उनको राजीनामाको माग भइरहेको थियो । उनले त्यस मागप्रति पूर्णतया बेवास्ता गरिरहे । भारतमा उनीमाथि प्रश्न उठाउँदै सरकारको जबाफदेहिता खोजेर युवाहरूले आन्दोलन चर्काएसँगै शनिबार प्रधानले केन्द्रीय शिक्षामन्त्रीबाट राजीनामा दिएका हुन् । पहिले उनलाई राजीनामा दिन बाध्य पुर्‍याउने विषयबारे विस्तृत बुझौँ ।

सन् २०२६ को मे ३ र ७ मा मेडिकल शिक्षाको परीक्षा लिइएको थियो । उक्त परीक्षाको प्रश्नपत्र लिक भएको विवरण सार्वजनिक भएपछि परीक्षा लिने निकाय राष्ट्रिय परीक्षा एजेन्सीले उक्त परीक्षा रद्दको निर्णय लियो । उक्त एजेन्सीले जुन २१ मा पुन परीक्षा लिने तालिका सार्वजनिक गर्‍यो । परीक्षा लिए पनि त्यसको विश्वसनीयता कायम हुननसकेको भन्दै विद्यार्थीहरू आन्दोलित बने ।त्यसअघि जुन १३ मा प्रधानले आफ्नो धारणा सार्वजनिक गर्दै भने, ‘प्रश्नपत्र लिक भएको कुनै पनि प्रमाण फेला पर्न सकेन ।’

त्यसको तीन दिनपछि उनको अभिव्यक्ति फेरि परिवर्तन भयो । जुन १६ मा उनले भने ‘दुई स्थानमा केही अनियमितता भएको देखिएको । परीक्षा एजेन्सीका अधिकारी पनि दोषी पाइए सरकारले छोड्दैन ।’

जुन २० मा उनले केही इलाकामा मात्रै त्रुटि भएको भन्दै पटना प्रहरीले त्यसलाई हेरिरहेको अभिव्यक्ति दिए । जुन २१ मा उनले प्रश्नपत्र लिक प्रकरणको नैतिक जिम्मेवारी आफूले लिने बताए । जुन २३ मा जब उनले लोकसभामा धारणा राखे उनले परीक्षामा कुनै त्रुटि नभएको अभिव्यक्ति संसद्मा रेकर्ड गराए । ‘विगत सात वर्षमा कहिल्यै पनि प्रश्नपत्र लिक भएको छैन,’ उनले संसद्मा भने ।

भारतका २४ लाख विद्यार्थी उक्त प्रकरणबाट पीडित बने । त्यसपछि ककरोच जनता पार्टीले शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने भन्दै प्रदर्शन सुरु गर्‍यो । जुन १२ र १४ मा उनीहरूले बेंगलरुबाट प्रदर्शन अघि बढाएका थिए । जुन २० मा उनीहरूले परीक्षा प्रणाली र संस्थामा सुधारको माग गर्दै राष्ट्रव्यापी आन्दोलनको घोषणा गरे । विगत एक महिनादेखि शिक्षामन्त्री प्रधानको राजीनामाको माग गर्दै भारतमा युवा आन्दोलन भइरहेको थियो । जुलाई २० देखि भारतमा युवा आन्दोलन चर्कियो । उक्त आन्दोलनमा सोनाम वाङचुक, बलिवुडका हस्ती लगायतले पनि साथ दिए । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत बिहीबार भिडियो सन्देश जारी गर्दै युवाहरूको भविष्य बर्बाद हुन नदिने र यसमा संलग्न सबैलाई कारबाही गर्दै युवाहरूको माग सम्बोधनको प्रतिबद्धता जनाए । मोदीको उक्त प्रतिबद्धतापछि प्रधानको राजीनामा आएको हो ।

अब बुझौँ प्रधानको राजनीतिक यात्राबारे । प्रधान भारतको ओडिसा राज्यमा जन्मिएका हुन् । उनले आफ्नो राजनीतिक यात्रा अखिल भारतीय विद्यार्थी परिषद्बबाट प्रारम्भ गरेका थिए । भारतीय जनता पार्टीको विद्यार्थी संगठनको उनी राष्ट्रिय सचिवसम्म भए । सन् २००० मा उनी संसदीय राजनीतिमा होमिए । ओडिसाको विधानसभामा उनी पल्लहरा क्षेत्रबाट निर्वाचित भए । सन् २००४ मा उनी देवघरबाट निर्वाचित भए । सन् २०१२ मा उनी बिहीबारबाट राज्यसभामा निर्वाचित हुँदै भाजपाका राष्ट्रिय नेताका रूपमा उदाए ।

सन् २०१४ मा उनी राज्यमन्त्री बने । सन् २०१६ मा उनले कौशल विकास तथा उद्यमशीलता मन्त्रालयको जिम्मेवारी पाए । सन् २०१७ मा उनी पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको जिम्मेवारी सम्हाले । त्यसपछि उनी मन्त्रिपरिषद्को आर्थिक मामिला समितिको स्थायी समिति बने । प्रधानले पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको नेतृत्व सबैभन्दा बढी गर्ने अवसर पाए । सन् २०२१ मा उनलाई शिक्षासँगै कौशल विकास तथा उद्यमशीलता मन्त्रालयको पनि जिम्मेवारी दिइयो ।

शिक्षामन्त्रीको रूपमा उनको जिम्मेवारी राष्ट्रिय शिक्षा नीति नय गर्ने थियो । प्रश्नपत्र लिक प्रकरणपछि भारतमा उनीविरूद्धको आन्दोलन चर्कियो । उक्त आन्दोलनलाई उनले आतंकवादको दोस्रो संस्करणको संज्ञा दिए । मुलुकलाई बदनाम र खोक्रो बनाउने षड्यन्त्र पनि भने ।

ममता बेनर्जीलाई सत्तामा पुर्‍याउने जनताले माग गरे सत्ताबाट राजीनामा दिनुपर्ने बताउने प्रधान आफू भने राजीनामा नदिई बसिरहेका थिए । युवा आन्दोलन देशव्यापी बन्दै गएपछि त्यसको प्रभाव र दबाबमा राजीनामा दिन प्रधान बाध्य भए ।

 


क्याटेगोरी : Uncategorized

प्रतिक्रिया


ताजा अपडेट