अब एभरेष्ट बेस क्याम्पमा ड्रोन उडाउन नपाइने
काठमाडौं । गृह मन्त्रालयले सगरमाथा आधार शिविर (एभरेष्ट बेस क्याम्प) क्षेत्रमा ड्रोन उडानमा रोक लगाएको छ।
एयर लिफ्ट टेक्नोलोजी कम्पनीले सञ्चालन गर्दै आएको ‘फ्रि–फ्लाई अल्ट्रा एक्स जेन–२’ (क्याटागोरी ‘सी’) ड्रोनको अनुमति हालका लागि स्थगित गरिएको हो।
सोलुखुम्बुमार्फत दिएको निर्देशनअनुसार मानवरहित हवाई उपकरण उडान कार्यविधि, २०७५ र सुरक्षा संवेदनशीलता सम्बन्धी विषयमा थप अध्ययन आवश्यक देखिएकाले अस्थायी रूपमा अनुमति रोकिएको जनाएको छ।
अनुमति प्राप्त दायराभन्दा बाहिर गतिविधि भएको भन्ने सूचनाका आधारमा निर्णय गरिएकोजनाइएको छ। उक्त सूचना पुष्टि नभएसम्म उडान रोकिने र गलत ठहरिए पुनः अनुमति दिन सकिने जनाइएको छ।
यता कम्पनीका सीईओ राजविक्रम महर्जनले भने आरोप अस्वीकार गर्दै ड्रोन प्रयोग हिमाल सफाइ, उद्धार सहयोग र आवश्यक सामग्री ढुवानीका लागि मात्र गरिएको दाबी गरेका छन्। उनले निर्णयले हिमाल सरसफाइ अभियान र पर्यटन क्षेत्रमै असर पर्ने जनाइएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया