Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

उड्डयन प्राधिकरणको महानिर्देशकका लागि २१ जनाले दिए आवेदन


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बन्न २१ जनाले आवेदन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २१ जना आवेदकको नाम सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार उक्त पदका लागि पूर्वकर्मचारी प्रभाकरचन्द्र मल्लिकले आवेदन दिएका छन् ।

यसै गरी उत्सवराज खरेल, श्यामकिशोर साह, प्रमोदकुमार चौधरी, मुरारिप्रसाद पौडेल, लवराज जोशी र जगन्नाथ निरौलाको आवेदन परेको छ ।

यसैगरी विष्णु गौतम, प्रेमनाथ ठाकुर, डा. त्रिलोचन पौडेल, देवेन्द्रप्रसाद पाण्डेय, टेकनाथ सिटौला, अर्जुन बस्नेत, लक्ष्मीप्रसाद उपाध्याय, उमेशकुमार पन्थी, दीपेन्द्र श्रेष्ठ, ज्ञानेन्द्र भुल, सुभाष झाले समेत आवेदन दिएका छन् ।

मन्त्रालयका सहसचिव मुकेश डंगोलले समेत आवेदन दिएका छन् । साथै, सञ्जय कुमारले पनि आवेदन दिएको मन्त्रालयले जनाएको छ ।

पर्यटन मन्त्रालयका अनुसार प्राधिकरणको महानिर्देशक पदसमेत अब खुला प्रतिस्पर्धाबाट नियुक्त गरिँदैछ । मन्त्रालयले १२ वैशाखका दिन सूचना प्रकाशित गर्दै योग्य आवेदकसँग आवेदन माग गरेको थियो ।

प्राधिकरण ऐन २०५३ अनुसार नेपाल सरकारको सेवामा वा प्राधिकरणको सेवामा संलग्न रहेको र कुनै विदेशी मुलुकको नागरिकता नलिएको हुनुपर्ने प्रावधान छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट