जनमतले मधेश संसदीय दलको नेता यादवलाई हटायो, सिंहलाई जिम्मेवारी
काठमाडौं । जनमत पार्टीले मधेश प्रदेश संसदीय दलको नेता महेश प्रसाद यादवलाई जिम्मेवारीबाट हटाएको छ । उनको सट्टा चन्दन कुमार सिंहलाई संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ ।
यो जानकारी जनमत पार्टीका अध्यक्ष सीके राउतले विज्ञप्तिमार्फत् दिएका हुन् । सिंह प्रमुख सचेतकको जिम्मेवारीमा थिए । उनी पार्टी महासचिव समेत हुन् ।
मधेशमा वर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा जनमत भित्र विवाद छ ।
सिंहको नेतृत्वमा जनमतका बहुमत प्रदेश सांसदहरूले हिजो मधेश सरकारको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएको १२ घण्टापछि नेता यादवले भने समर्थन कायमै रहेको पत्र बुझाएका थिए ।
हिजो जनमत पार्टीका ९ जना सांसदहरूले सरकारको समर्थन फिर्ता लिएको पत्र पठाएका थिए । सिंहका अनुसार पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउतसँगको सल्लाहमा पार्टी संसदीय दलका बहुमत सदस्यले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको हो ।
क्याटेगोरी : राजनीति










प्रतिक्रिया