आफ्ना मान्छे नियुक्त गर्न सरकारले अध्यादेश ल्यायो : काँग्रेस
काठमाडौँ : नेपाली काँग्रेसले सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकोप्रति आपत्ति जनाएको छ। मंगलवार संसद् समन्वय बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आपत्ति जनाएका हुन्। उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए।
उनले सरकारले आफ्ना अनुकूल व्यक्तिलाई महत्वपूर्ण संवैधानिक आयोगहरूमा नियुक्त गरी आयोगहरू आफ्नो नियन्त्रणमा राख्ने नियतले अध्यादेश ल्याएको बताए।
उनले अध्यादेशमार्फत भएका निर्णयविरुद्ध संसद्मा सशक्त रूपमा आवाज उठाउने चेतावनी दिए। सबै अध्यादेश जारी भइसकेपछि मात्रै संसद् बोलाइने सरकारको निर्णयले समेत सरकारको बदनियतको संकेत गरेको उनको भनाइ छ।
क्याटेगोरी : राजनीति, समाचार










प्रतिक्रिया