कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दैछ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबारका लागि दलको बैठक बोलाएका छन् ।
बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ ।
सरकारको सिफारिसमा जारी भएका अध्यादेश र सुकुमवासीको विषयमा छलफल हुने जनाइएको छ ।
क्याटेगोरी : राजनीति










प्रतिक्रिया