Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

दीपक भट्टको निवासमा सम्पत्ति शुद्धीकरणको छापा


काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादित व्यवसायी दीपक भट्टको ललितपुरस्थित सानेपाको निवासमा छापा मारेको छ । विभाग स्रोतका अनुसार मंगलबारदेखि सुरु गरिएको छापा बुधबार बिहानसम्म निरन्तर सञ्चालन गरिएको थियो । छापाका क्रममा भट्टसँग सम्बन्धित कागजात, वित्तीय विवरण तथा अन्य प्रमाणहरू संकलन गरिएको बताइएको छ ।

विभागले भट्टलाई नियन्त्रणमा लिएर सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा शंकास्पद आर्थिक कारोबार तथा स्रोत नखुलेको सम्पत्तिबारे जानकारी संकलन भइरहेको स्रोतको भनाइ छ ।

यसअघि नै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले गत १९ चैतमा नियन्त्रणमा लिएको थियो । सीआईबीको नियन्त्रणपछि थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सक्रिय बनेको हो ।

स्रोतका अनुसार भट्टमाथि अवैध आम्दानी, वित्तीय अनियमितता तथा गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको आशंकामा छानबिन भइरहेको छ । छापामार कारबाहीका क्रममा बरामद सामग्रीको परीक्षणपछि थप कानुनी प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।
विभागले यस्ता प्रकृतिका मुद्दामा पछिल्लो समय निगरानी कडा बनाएको छ । आर्थिक अपराध नियन्त्रण तथा अवैध सम्पत्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अनुसन्धान तीव्र पारिएको विभागको भनाइ छ ।

भट्टमाथिको अनुसन्धान अझै जारी रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको छ । अनुसन्धानबाट प्राप्त नतिजाका आधारमा आवश्यक परे थप अभियोग दर्ता गर्ने तयारी भइरहेको जनाइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट