Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

स्वकीय सचिव दिने व्यवस्था व्युँताउँदै सरकार, राज्यकोषको दोहन गर्ने कदम


काठमाडौं । बालेन साह नेतृत्वको सरकारले सांसदलाई स्वकीय सचिव दिने व्यवस्था व्युँताउन लागेको छ । अघिल्लो सरकारले बन्द गरेको यस व्यवस्थालाई नयाँ सरकारले पुनः लागु गर्न थालेको छ ।

सांसदलाई स्वकीय सचिव राख्ने व्यवस्था लागु गर्न थालेपछि सरकारको चर्को आलोचना भएको छ । यस विषयमा चिया पसल देखि सामाजिक संञ्जालसम्म सरकारको विरोध भइरहेको छ ।

स्वकीय सचिव राख्ने व्यवस्था लागु भएमा उनीहरुको तलव र सेवा सुविधामा नै करोडौ रकम खर्च हुने देखिन्छ । अहिले प्रतिनिधिसभा र राष्ट्रियसभा गरी कुल सांसदको संख्या ३ सय ३४ रहेको छ । एक जना स्वकीयले शाखा अधिकृत सरह तलव पाउँछ ।

जस अनुसार एक जना स्वकीयको मासिक तलव ४३ हजार ६ सय ८९ हुन आउँछ । सम्पूर्ण सचिवको मानिस तलव वापत एक करोड ४५ लाख ९२ हजार १ सय २६ रुपैया खर्च हुन्छ भने वार्षिक १७ करोड ५१ लाख ५ हजार ५ सय १२ रुपैयाँ खर्च हुन्छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट