नेपाल वायु सेवालाई कम्पनीमा परिणत गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स लाई कम्पनी मोडलमा रूपान्तरण गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले निगमको व्यवस्थापन सुधार र रणनीतिक साझेदारीका लागि यस्तो योजना अघि सारिएको जानकारी दिएका हुन्।
संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले नेपाल वायु सेवा निगमलाई कम्पनी संरचनामा लैजाने र त्यसका लागि उपयुक्त रणनीतिक साझेदारीको ढाँचा पहिचान गरिने बताए।
सरकारले सार्वजनिक संस्थान सुधारको नीति अन्तर्गत निगमको सञ्चालन प्रणालीलाई थप प्रभावकारी, प्रतिस्पर्धी र व्यावसायिक बनाउने लक्ष्य लिएको जनाएको छ।
यस्तै, बजेटमार्फत नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा पनि गरिएको छ। सरकारले ६६ प्रतिशत सेयर आफ्नो स्वामित्वमा राख्ने तथा बाँकी सेयर चालु वर्षको पुस मसान्तभित्र बिक्री गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिए।
क्याटेगोरी : समाचार













प्रतिक्रिया