यी हुन् विश्वका अर्बपतिले मनपराउने सहर
तपाईलाई जिज्ञासा लाग्न सक्छ विश्वका अर्बपति कस्तो ठाउँ वा सहरमा बस्छन् भनेर । जिज्ञासा लाग्नु स्वभाविकै पनि हो । धन हुनेहरु शान्त र रमणिय स्थान खैज्दै हिडँछन् भन्ने धेरैलाई लाग्न सक्छ । हालै हुरुन ग्लोबल रिचले धनी बस्ने सहरको फेहरिस्त नै प्रकासित गरेको छ ।
हुरुन ग्लोबल रिच लिस्ट २०२६ अनुसार अमेरिकाको न्युयोर्कमा विश्वमा सबैभन्दा धेरै अर्बपति छन्। जसको संख्या १४६ छ। अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो र विश्वका शीर्ष १०० कम्पनीहरुमध्ये आधाभन्दा बढी यही देशका छन्।
न्युयोर्कपछि चीनको शेन्जेन, सांघाई, बेइजिङ र हाङझाउ अर्बपतिहरु बस्ने गरेका छन्। त्यसपछि बेलायतको राजधानी लन्डनमा बस्छन् । भारतको आर्थिक राजधानी मुम्बई, दिल्ली र बेंगलुरुमा पनि उल्लेखनि रुपमा अर्बपतिहरु बस्ने गरेका छन्। त्यसपछि धेरै अर्बपति बस्ने भनेको हङकङ, सान फ्रान्सिस्को, मस्को हो ।
यसपछि सिंगापुर, ताइपेई, पेरिस, साओ पाउलो, ग्वाङ्झाउ, लस एन्जलस र बैंककमा अर्बपतिहरु बस्छन्। इन्डोनेसियाको राजधानी जकार्ता, जापानको टोकियो, टर्कीको इस्तानबुलमा पनि अर्बपतिहरु बस्ने गरेका छन्। स्टकहोम, मिलान, टोरन्टो, मेलबर्न र दुबईमा अर्बपति बस्नेहरु बस्ने गरेको उक्त अध्ययनले देखाएको छ।
क्याटेगोरी : विचित्रको संसार, समाचार













प्रतिक्रिया