Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन् : सभामुख


काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले सांसदका काम, व्यवहार र शैलीलाई मतदाता र नागरिकले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उनले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधिमैत्री हुनुपर्ने सुझाव दिए ।

‘अहिले प्रतिनिधिसभामा धेरै नयाँ अनुहार हुनुहुन्छ, संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो’, सभामुख अर्यालले भने, ‘संसदीय प्रक्रिया र विधिमा अब्बल बन्नका लागि यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको छु ।’ नागरिकबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले त्यहिअनुसार जिम्मेवार बन्नुपर्नेमा उनको जोड थियो ।

सचिवालयले सांसदहरूलाई संसदीय प्रक्रिया र विधिका बारेमा जानकारी दिने उद्देश्यले सिंहदरबारमा रहेको संसद् भवन परिसरमा आज र भोलि अभिमुखीकरण कार्यक्रम अयोजना गरेको हो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट