अर्थमन्त्रीले भने- नेपाललाई ‘ग्रे लिस्ट’ बाट यथासक्दो छिटो बाहिर निकाल्छौं
काठमाडौं । सरकारले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी वित्तीय कारबाही कार्यदल ९एफएटीएफ० को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सरकारले आवश्यक कानुनी, संस्थागत तथा संरचनागत सुधारमार्फत नेपाललाई यथाशीघ्र ग्रे लिस्टबाट बाहिर ल्याउने बताएका हुन्।
बजेट वक्तव्यका क्रममा उनले सम्पत्ति शुद्धीकरण नियन्त्रण तथा वित्तीय पारदर्शिता सुदृढ बनाउन सम्बन्धित निकायको क्षमता अभिवृद्धि गरिने उल्लेख गरे। साथै अन्तर्राष्ट्रिय मापदण्डअनुसार आवश्यक सुधारलाई तीव्रता दिइने सरकारको प्रतिबद्धता पनि व्यक्त गरे।
क्याटेगोरी : समाचार













प्रतिक्रिया