Techie IT
KTM Post
शनिबार, २३ जेठ, २०८३

सशस्त्रका जवानसहित २ जना बेपत्ता


डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन् ।

प्रहरी नायब उपरीक्षक ९डीएसपी० वरुणबहादुर सिंहका अनुसार अस्ता शुक्रवारदेखि सम्पर्कविहीन भएका उनीहरू मामा–भाञ्जा नाता पर्ने हुन् । महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशङ्कासहित खोजी शुरू भएको डीएसपी सिंहले जानकारी दिए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट