हर्क साम्पाङलाई कारबाही गर्ने तयारीमा कोशी ट्राफिक, नियम उल्लंघन गरेको भिडियो प्रमाण रहेको दाबी
काठमाडौं । सांसद तथा धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङमाथि ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाही प्रक्रिया अघि बढाइएको छ।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा साम्पाङले ट्राफिक नियम उल्लंघन गरेको देखिएकाले सोही आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको हो।
प्रहरीले “उहाँले ट्राफिक नियम तोडेको भिडियो प्रमाणका रूपमा रहेको छ, त्यसैका आधारमा कारबाहीको तयारी भइरहेको छ” जनाएको छ।
सांसद भए पनि ट्राफिक नियम उल्लंघनको विषयमा सबै नागरिक कानुनको दायराभित्र रहने भएकाले प्रमाणका आधारमा आवश्यक कारबाही गरिने ट्राफिक प्रहरीको भनाइ छ। घटनाबारे थप अध्ययन भइरहेको जनाइएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया