Techie IT
KTM Post
शनिबार, २३ जेठ, २०८३

ठमेलमा विश्वस्तरीय लक्जरी होटल, रिट्ज–कार्लटनले नेपालमा गर्दै प्रवेश


काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय स्तरको अति–लक्जरी आतिथ्य सेवा विस्तार हुने भएको छ। विश्वप्रसिद्ध होटल समूह म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिड एस। म्यारियट आगामी जुन ७ मा काठमाडौं आउने कार्यक्रम तय भएको छ।

नेपालमा रिट्ज–कार्लटन च्ष्तश(ऋबचतियल ब्रान्ड भित्र्याउने उद्देश्यसहित सीजी हस्पिटालिटी र म्यारियट इन्टरनेशनलबीच साझेदारी सम्झौतामा हस्ताक्षर हुने बताइएको छ।

करिब १० अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागेको ‘रिट्ज–कार्लटन काठमाडौं’ परियोजना राजधानीको ठमेल क्षेत्रमा विकास गरिनेछ। परियोजनाअन्तर्गत १५० कोठायुक्त अल्ट्रा–लक्जरी होटल, ब्रान्डेड रेसिडेन्स, व्यावसायिक कम्प्लेक्स तथा क्यासिनो सञ्चालनमा ल्याइने योजना रहेको छ।

पर्यटन तथा आतिथ्य क्षेत्रका जानकारहरूले यस परियोजनाले नेपाललाई उच्चस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, विदेशी लगानी आकर्षित गर्न र पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय छवि सुदृढ बनाउन पनि यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नेपालको पर्यटन उद्योग विस्तार र आर्थिक गतिविधि बढाउने दिशामा यो परियोजना एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट