Techie IT
KTM Post
शनिबार, २३ जेठ, २०८३

रास्वपाको जिल्ला अधिवेशन आजदेखि ६१ जिल्लामा एकसाथ सुरु


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन आजदेखि देशका ६१ जिल्लामा एकसाथ सुरु भएको छ। पार्टीले संगठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत अधिवेशन प्रक्रिया अघि बढाएको हो।
रास्वपाले ७७ वटै जिल्लामा तदर्थ समिति गठन गरिसकेको भए पनि बाँकी १६ जिल्लाको अधिवेशन दोस्रो चरणमा आयोजना गर्ने तयारी गरेको जनाएको छ।
पार्टीको केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सम्पन्न भएपछि जेठ २६ गतेदेखि असार १ गतेसम्म सातै प्रदेशमा प्रदेश अधिवेशन सञ्चालन गरिनेछ।
यसै सांगठनिक अभियानको अन्तिम चरणका रूपमा रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गर्ने भएको छ। पार्टीले महाधिवेशनलाई ऐतिहासिक र भव्य बनाउने तयारी गरिरहेको जनाएको छ।
रास्वपाले जिल्ला, प्रदेश र केन्द्रसम्म लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप मजबुत बनाउने लक्ष्य लिएको छ


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट