Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

कांग्रेसले पूर्णता दियो संविधान संशोधन अध्ययन तथा सुझाव समितिलाई


काठमाडौं । संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन गठित विज्ञ समितिलाई नेपाली कांग्रेसले पूर्णता दिएको छ ।

गत चैत ११ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिनका लागि पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञ सम्मिलित संविधान संशोधन अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरेको थियो ।

सो समितिमा १५ सदस्य थपेर पूर्णता दिइएको जनाइएको छ । समितिमा वरिष्ठ अधिवक्ताहरु राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेम बहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेर बहादुर के.सी., यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम के.सी., ललितकुमार बस्नेत छन् ।

यसैगरी अधिवक्ताहरु रनबहादुर थेबे, शर्मिला श्रेष्ठ र झलमाया विक छन् । सदस्य सचिवको जिम्मेवारी अधिवक्ता राजु कटुवालले निर्वाह गर्नेछन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट