दैलेखमा जीप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
काठमाडौं । दैलेखमा जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अरू ५ जना गम्भीर घाइते भएका छन् ।
सुर्खेतबाट ८ जना यात्रुसहित कालीकोटको शुभकालिका–६ हाउडीतर्फ गुडिरहेको जीप दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ७ कालगौडाको भित्री सडक खण्डमा दुर्घटना भएको हो । मृतकहरु र सबै घाइते शुभकालिका गाउँपालिकाका बासिन्दा हुन् ।
दुर्घटनामा जीप चालक शुभकालिका–५ का ३२ वर्षीय कलबहादुर रोकाया, शुभकालिका–४ सुनारवाडाका ३८ वर्षीय नेत्र सुनार र शुभकालिका–६ हाउडीकी ६५ वर्षीया पुल्तीसरा कामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
५ जना घाइतेलाई उपचारका लागि दैलेख जिल्ला अस्पताल लगिएको छ । जीप अनियन्त्रित भएर सडकबाट झन्डै ३०० मिटर तल झरेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया