Techie IT
KTM Post
सोमबार, १८ जेठ, २०८३

डडेल्धुरामा शुक्रवारदेखि बेपत्ता २ जना मृत फेला


डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गएको शुक्रवारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय बासिन्दा तीर्थबहादुर थापा मगरको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय थापाको शव परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो । यस्तै सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट ९बीओपी० परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवमा रहेको महाकाली नदी किनारमा भेटिएको हो ।

मामाभाञ्जा नाता पर्ने दुवै जना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट