Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

डोलेश्वर महादेव मन्दिरमा बिहानैदेखि दर्शनार्थिको घुइँचो, विहान चारवजेदेखि चारैवटा ढोका खुल्ला


भक्तपुर । प्रशिद्द केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज सोमबार बिहानैदेखि दर्शनार्थिको घुइँचो लागेको छ । अक्षय तृतीयाका दिन डोलेश्वर महादेव मन्दिरको मुख्य शिलामै छोएर पुजा गर्न पाइने भएकाले बिहानैदेखि भक्तजनको भिड लागेको हो ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार, मन्दिरमा बिहान ४ बजेदेखिनै पूजा तथा दर्शनका लागि मन्दिरका चारवटै ढोका खुल्ला गरिएको छ । भक्तपुरको सिपाडोलस्थित यस मन्दिरमा अक्षय तृतीयाका दिन मन्दिरभित्र प्रवेश गरेर आफैँले पूजा गर्न पाउँने भएकाले दर्शनार्थिको भिड लाग्ने गर्दछ ।

डोलेश्वर महादेव मन्दिरमा अन्य दिनमा बाहिरबाट मात्र दर्शन गर्न मिल्ने भए पनि वर्षमा तीन दिन मन्दिरभित्रै गर्भगृहमा प्रवेश गरी पूजा गर्न पाउने व्यवस्था मिलाइएको छ । अध्यक्ष बस्नेतका अनुसार, केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएको दिन भदौ ६ गते, शिवरात्रि र अक्षय तृतीयाका दिन गर्भगृहसम्मै पुगेर पूजा गर्न पाउने व्यवस्था मिलाइएको छ ।

त्यसै कारण अक्षय तृतीयाका दिन मुलुकका विभिन्न भागका अलवा ठुलो संख्यामा भारतीय तिर्थयात्रीको भिड लाग्ने गर्छ । मन्दिरमा हुनसक्ने घुइँचो व्यवस्थापनका लागि समितिले स्वयंसेवक समितिको नेृत्वमा ४० जना स्वयंसेवक परिचालन गर्ने र दर्शनार्थीलाई लाइन बसेको २० देखि ३० मिनेटभित्रै दर्शन एवं पूजा गर्नेगरी व्यवस्थापन गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

यसपटक शिवजीको प्रियदिन सोमवार अक्षय तृतीया परेका कारण ६० हजारभन्दा बढी भक्तजन दर्शनका लागि डोलेश्वर आउने अनुमान गरिएको समितिका महासचिव हरिशरण बस्नेतले बताए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट