Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

बिदा सकिएपछि सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र विवरण अद्यावधिक गर्न निर्देशन


काठमाडौँ । अध्ययन वा असाधारण बिदा लिएर लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका निजामती कर्मचारीप्रति सरकार कडा बनेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्ता कर्मचारीहरूको अभिलेख अद्यावधिक गर्न तथा वास्तविक अवस्था यकिन गर्न सूचना जारी गरेको हो। मन्त्रालयका अनुसार अध्ययन तथा असाधारण बिदामा रहेका केही कर्मचारी बिदा अवधि सकिएपछि कार्यालयमा नियमित हाजिर नभएको, सम्पर्कविहीन रहेको र राष्ट्रिय किताबखाना निजामती मा व्यक्तिगत विवरण एक्ष्क् समेत अद्यावधिक नभएको गुनासो प्राप्त भएको छ।

सूचनाअनुसार सम्बन्धित कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र आफ्नो अभिलेख अनिवार्य रूपमा अद्यावधिक गराउनुपर्नेछ। साथै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय कार्यालयहरूलाई पनि बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण, बिदा सकिएपछि हाजिर भएरनभएको अवस्था यकिन गरी राष्ट्रिय किताबखानासँग समन्वय गरेर अभिलेख अद्यावधिक गर्न भनिएको छ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट