Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा


काठमाडौं । लापरबाही तरिकाले मोटरसाइकल हाँकेपछि प्रहरीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९हर्क साम्पाङ० लाई कारबाही गरेको छ ।

सांसदसमेत रहेका साम्पाङलाई प्रहरीले आज कारबाही गरेको हो ।

सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा उनलाई आवश्यक कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ ।

ूसामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानुनी कारबाही गरिसकेको जानकारी गराइन्छ,ू प्रहरीले भनेको छ ।

साथै, यस्ता ट्राफिक नियमविपरीत गतिविधि नगर्न नगराउन सम्पूर्ण चालक, सहचालक तथा यात्रुलाई सचेत र जिम्मेवार बन्न प्रहरीले आग्रह गरेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट