भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउँदै रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटका क्रममा लामिछानेले आफ्नो भारत भ्रमणका क्रममा भएका भेटघाट, छलफल तथा विभिन्न पक्षबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको बताइएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, समसामयिक राजनीतिक विषय तथा भ्रमणका उपलब्धिबारे समेत कुराकानी भएको स्रोतले जनाएको छ।
रास्वपाले भ्रमणलाई दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र संवादलाई थप मजबुत बनाउने अवसरका रूपमा लिएको जनाएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया