पर्सामा १०० किलो गाँजा बरामद, अनुसन्धान जारी
पर्सा। पर्साको जगरनाथपुर गाउँपालिका–३ मुरैयाचोकमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ। आइतबार सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले करिब १०० किलो गाँजा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार खेतमा लुकाइ राखिएको अवस्थामा पाँच बोरा गाँजा फेला पारिएको थियो। बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाइएको छ।
उक्त गाँजा कसको हो भन्ने हालसम्म खुल्न सकेको छैन। प्रहरीले संलग्न व्यक्तिहरूको खोजी गर्दै अनुसन्धान अगाडि बढाएको जनाएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया