लुम्बिनीमा ‘हायात रिजेन्सी’ सञ्चालन हुने, सन् २०२८ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य
काठमाडौं । विश्वप्रसिद्ध होटल ब्रान्डले नेपालमा आफ्नो उपस्थिति थप विस्तार गर्ने भएको छ। कम्पनीले गोल्छा समूहअन्तर्गतको वेदा हस्पिटालिटी प्रालिसँग सहकार्य गर्दै लुम्बिनीमा ‘हायात रिजेन्सी लुम्बिनी’ सञ्चालन गर्ने घोषणा गरेको हो।
सन् २०२८ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उक्त परियोजना पूरा भएपछि नेपालमा हायात ब्रान्डअन्तर्गत सञ्चालित होटलहरूको संख्या चार पुग्नेछ। यससँगै दक्षिण–पश्चिम एसिया क्षेत्रमा हायातको विस्तार रणनीतिलाई समेत थप बल पुग्ने अपेक्षा गरिएको छ।
११ एकड क्षेत्रफलमा निर्माण हुने होटलमा १७५ वटा सुविधासम्पन्न कोठा रहनेछन्। होटलको डिजाइनमा आधुनिक वास्तुकला र नेपाली सांस्कृतिक पहिचानलाई समेटिने जनाइएको छ। यसले अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा र स्थानीय मौलिकताको संयोजन प्रस्तुत गर्ने विश्वास गरिएको छ।
हायातका भारत तथा दक्षिण–पश्चिम एसिया क्षेत्रका विकास उपाध्यक्ष ले नेपाल हायातका लागि महत्वपूर्ण बजार रहेको उल्लेख गर्दै लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राखेर परियोजना अघि बढाइएको बताएका छन्।
त्यसैगरी, ले हायातसँगको सहकार्यले लुम्बिनीमा विश्वस्तरीय होटल सेवा विस्तार हुनुका साथै स्थानीय संस्कृति र पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
भगवान गौतम बुद्धको जन्मस्थलका रूपमा विश्वभर परिचित छ। युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा मायादेवी मन्दिर, अशोक स्तम्भलगायतका ऐतिहासिक तथा धार्मिक सम्पदाहरू रहेका छन्। पछिल्ला वर्षहरूमा यहाँ धार्मिक, सांस्कृतिक तथा अन्तर्राष्ट्रिय पर्यटन गतिविधि उल्लेखनीय रूपमा विस्तार हुँदै गएको छ।
पर्यटन पूर्वाधार विस्तारको आवश्यकता बढिरहेका बेला हायात रिजेन्सीको आगमनलाई लुम्बिनीको पर्यटन विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। परियोजना सम्पन्न भएपछि स्वदेशी तथा विदेशी पर्यटकले अन्तर्राष्ट्रियस्तरको आवास सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ भने स्थानीय रोजगारी, पर्यटन व्यवसाय तथा क्षेत्रीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया