Techie IT
KTM Post
आईतबार, ३१ जेठ, २०८३

केन्द्रीय निर्वाचन आयोगले गर्‍यो रास्वपा कैलाली अधिवेशन परिणाम बदर


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलाली जिल्ला अधिवेशनबाट भएको निर्वाचन प्रक्रिया तथा त्यसको परिणाम बदर गरिएको छ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रियामा देखिएका त्रुटिका कारण जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र परिणाम बदर गर्ने निर्णय गरिएको जनाएको हो।

गत जेठ २५ गते सम्पन्न जिल्ला अधिवेशनबाट सभापति पदमा कविन्द्र ठकुल्ला निर्वाचित भएका थिए। निर्वाचन परिणामअनुसार ठकुल्लाले ३३५ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी महेशकुमार चौधरीले ३७ र हरि रेग्मीले २२ मत प्राप्त गरेका थिए।केन्द्रीय निर्वाचन आयोगले प्रक्रियागत कमजोरी र निर्वाचन सञ्चालनका क्रममा भएका त्रुटिहरूका विषयमा प्राप्त उजुरी तथा अध्ययनपछि परिणाम बदर गर्ने निर्णय गरिएको जनाएको छ।आयोगले नयाँ निर्वाचन सम्बन्धी प्रक्रिया र आगामी कार्यतालिकाबारे आवश्यक निर्णय पछि सार्वजनिक गरिने उल्लेख गरेको छ।निर्वाचन परिणाम बदर भएसँगै कैलाली जिल्ला समितिको नेतृत्व चयन प्रक्रिया पुनः अनिश्चित बनेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट