धादिङ र नुवाकोटमा विद्युत् सेवा पूर्ण सुचारु, रसुवाको ९० प्रतिशत क्षेत्रमा बल्यो बिजुली
काठमाडौं। सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रहरूमा विद्युतीकरण पुन:स्थापनाको कामलाई तीव्रता दिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीका कारण विद्युतीय पूर्वाधारमा क्षति पुगेर सेवा अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङमा बाढी आएको भोलिपल्टदेखि नै मर्मत तथा पुन: विद्युतीकरणको काम अगाडि बढाइएको थियो।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले धादिङ र नुवाकोटका सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा सुचारु भइसकेको जानकारी दिए।
नुवाकोटमा गत भदौ २४ गते नै सबै क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा आइसकेको थियो भने धादिङमा त्योभन्दा अघि नै सबै स्थानमा बिजुली आपूर्ति पुन: मिलाइएको थियो।
यसैगरी, बाढीबाट सबैभन्दा बढी प्रभावित बनेको रसुवा जिल्लाको ९० प्रतिशत भूभागमा विद्युत् पुर्याइसकिएको छ। उत्तरगया गाउँपालिकाको वडा नं. १ तथा गोसाइँकुण्ड गाउँपालिकाको वडा नं. १, २ र ३ बाहेक जिल्लाका अन्य सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा सुचारु भइसकेको प्रवक्ता शाक्यले बताए।
राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न बाँकी रहेका दुर्गम क्षेत्रहरूमा भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत संस्थागत तथा घरेलु सौर्य (सोलार) प्रणाली जडान गरी क्रमशः विद्युत् सेवा उपलब्ध गराइँदै लगिएको मन्त्रालयले जनाएको छ।
सम्बन्धित समाचार
बाह्य अर्थतन्त्र मजवुद : विदेशी मुद्रा सञ्चितिले भेट्टायो साढे ३९ खर्बको उचाइ
काठमाडौं । नेपालको बाह्य आर्थिक तथा वित्तीय क्षेत्रमा निकै ठूलो सुदृढीकरण र सबलता देखिएको छ। नेपाल राष्ट्र बैंकद्वारा हालै सार्वजनिक गरिएको आर्थिक...
अर्थमन्त्री डा. वाग्ले भारत भ्रमणमा: द्विपक्षीय आर्थिक सम्बन्ध, व्यापार र बाढीपछिको पुनर्निर्माणमा केन्द्रित छलफल
नयाँदिल्ली। नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका क्रममा छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। अर्थमन्त्रीको...
खारेज भइसकेकाे युटीएलको लाइसेन्स फेरि ब्युँताउने खेल
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचनामार्फत युनाइटेड टेलिकम लिमिटेडको अनुमतिपत्र कानूनबमोजिम स्वतः खारेज भएको घोषणा गरिसकेको छ । तर,...
सुनको मूल्य तोलामा ३ हजार ६०० ले बढ्यो, चाँदी पनि उकालो लाग्यो
काठमाडौँ। नेपाली बजारमा चालु साता सुनचाँदीको मूल्यमा ठूलो उतारचढाव देखिएको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।...




