KTM Post Logo
KTM Post Logo

सुनको मूल्य तोलामा ३ हजार ६०० ले बढ्यो, चाँदी पनि उकालो लाग्यो

📰
KTM Post

काठमाडौँ। नेपाली बजारमा चालु साता सुनचाँदीको मूल्यमा ठूलो उतारचढाव देखिएको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। अघिल्ला दिनहरूमा ओरालो लागेको सुनको मूल्य शुक्रबार एकैदिन तोलामा ३ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्यमा भारी वृद्धि भएसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँ कायम भएको छ।

साताको पहिलो दिन आइतबार उकालो लागेको सुनचाँदीको कारोबार सोमबार, मंगलबार र बिहीबार ओरालो लागेको थियो भने बुधबार र शुक्रबार पुनः बढेको हो।

यसअघि बिहीबार सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घटेर २ लाख ९९ हजार ५०० रुपैयाँमा झरेको थियो। बुधबार भने १ हजार ७०० रुपैयाँले बढेर ३ लाख १ हजार ८०० रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार ९०० रुपैयाँले घटेर ३ लाख १०० रुपैयाँ कायम भएको थियो।

त्यस्तै, साताको दोस्रो दिन सोमबार तोलामा १ हजार २०० रुपैयाँ घटेर ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार १ हजार २०० रुपैयाँ नै बढेर ३ लाख २ हजार २०० रुपैयाँ पुगेको थियो।

सुनसँगै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७७५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य ६० रुपैयाँले घटेर ४ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो।

बुधबार ८५ रुपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँ पुगेको चाँदी मंगलबार २० रुपैयाँले घट्दै ४ हजार ६०० रुपैयाँमा झरेको थियो। त्यसैगरी सोमबार ४० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा ६० रुपैयाँले बढेर ४ हजार ६६० रुपैयाँ पुगेको थियो।


सम्बन्धित समाचार

बाह्य अर्थतन्त्र मजवुद : विदेशी मुद्रा सञ्चितिले भेट्टायो साढे ३९ खर्बको उचाइ 1

बाह्य अर्थतन्त्र मजवुद : विदेशी मुद्रा सञ्चितिले भेट्टायो साढे ३९ खर्बको उचाइ

काठमाडौं । नेपालको बाह्य आर्थिक तथा वित्तीय क्षेत्रमा निकै ठूलो सुदृढीकरण र सबलता देखिएको छ। नेपाल राष्ट्र बैंकद्वारा हालै सार्वजनिक गरिएको आर्थिक...

अर्थमन्त्री डा. वाग्ले भारत भ्रमणमा: द्विपक्षीय आर्थिक सम्बन्ध, व्यापार र बाढीपछिको पुनर्निर्माणमा केन्द्रित छलफल 1

अर्थमन्त्री डा. वाग्ले भारत भ्रमणमा: द्विपक्षीय आर्थिक सम्बन्ध, व्यापार र बाढीपछिको पुनर्निर्माणमा केन्द्रित छलफल

नयाँदिल्ली। नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका क्रममा छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। अर्थमन्त्रीको...

खारेज भइसकेकाे युटीएलको लाइसेन्स फेरि ब्युँताउने खेल 1

खारेज भइसकेकाे युटीएलको लाइसेन्स फेरि ब्युँताउने खेल

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचनामार्फत युनाइटेड टेलिकम लिमिटेडको अनुमतिपत्र कानूनबमोजिम स्वतः खारेज भएको घोषणा गरिसकेको छ । तर,...

धादिङ र नुवाकोटमा विद्युत् सेवा पूर्ण सुचारु, रसुवाको ९० प्रतिशत क्षेत्रमा बल्यो बिजुली 1

धादिङ र नुवाकोटमा विद्युत् सेवा पूर्ण सुचारु, रसुवाको ९० प्रतिशत क्षेत्रमा बल्यो बिजुली

काठमाडौं। सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रहरूमा विद्युतीकरण पुन:स्थापनाको कामलाई तीव्रता दिएको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइ...