KTM Post Logo
KTM Post Logo

एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात

📰
KTM Post

काठमाडौं। नेपालमा एलपी ग्यासको दैनिक आयातमा उल्लेख्य गिरावट आएको छ। अर्थ मन्त्रालय मातहतको भन्सार विभागको तथ्यांक अनुसार भदौ २५ गतेको तुलनामा भदौ २६ गते एलपी ग्यासको कुल आयात ४०.८ प्रतिशतले घटेको हो।

भदौ २५ गते ३,०७७.९ मेट्रिक टन (करिब २ लाख १६ हजार ७५४ सिलिन्डर) ग्यास आयात भएकोमा भदौ २६ गते घटेर १,८२२.३ मेट्रिक टन (करिब १ लाख २८ हजार ३३२ सिलिन्डर) मा सीमित भएको छ।

भन्सार नाकाअनुसार वीरगञ्ज भन्सारबाट हुने आयातमा ठूलो संकुचन आएको छ। भदौ २५ गते २,१२९.०१ मेट्रिक टन (१,४९,९३० सिलिन्डर) भित्रिएको वीरगञ्जबाट भदौ २६ मा ६२.६ प्रतिशतले घटेर ७९७.१ मेट्रिक टन (५६,१३४ सिलिन्डर) मा झरेको छ। समग्र आयातमा गिरावट आउनुको मुख्य कारण वीरगञ्ज नाकाको यही कटौती हो।

अन्य नाकातर्फ, भैरहवा भन्सारबाट ग्यास आयात ७.८ प्रतिशतले बढेर ३६४.५ मेट्रिक टन (२५,६७० सिलिन्डर) र नेपालगञ्ज भन्सारबाट १४.२ प्रतिशतले बढेर २८३.० मेट्रिक टन (१९,९३० सिलिन्डर) पुगेको छ। त्यस्तै मेची भन्सारबाट आयात चार गुणाभन्दा बढीले वृद्धि भई ७१.२ मेट्रिक टन (५,०१४ सिलिन्डर) भित्रिएको छ।

यता विराटनगर भन्सारबाट भने ग्यास आयात ११.२ प्रतिशतले घटेर ३०६.५ मेट्रिक टन (२१,५८५ सिलिन्डर) मा झरेको छ भने धनगढी नाकाबाट भदौ २६ गते कुनै पनि ग्यास बोकेका मालवाहक गाडी नेपाल प्रवेश गरेका छैनन्।

सम्बन्धित समाचार

पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटलमा मात्र साढे १९ अर्बको नोक्सानी 1

पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटलमा मात्र साढे १९ अर्बको नोक्सानी

तिब्बती क्षेत्रबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाको पर्यटन क्षेत्रमा मात्र ५२ अर्ब १३ करोड रुपैयाँ...

विदेशी मुद्राको नयाँ विनिमयदर, अमेरिकी डलरको बिक्रीदर १५३ रुपैयाँ नाघ्यो 1

विदेशी मुद्राको नयाँ विनिमयदर, अमेरिकी डलरको बिक्रीदर १५३ रुपैयाँ नाघ्यो

काठमाडाैं। नेपाल राष्ट्र बैंकले भदौ २७ गतेका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको...

लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन प्रधानमन्त्री सक्रिय, ब्यवसायीसँग २ घण्टा छलफल 1

लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन प्रधानमन्त्री सक्रिय, ब्यवसायीसँग २ घण्टा छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले निजी लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन प्रधानमन्त्री सक्रिय, सफल ब्यवसायीसँग २ घण्टा...

नेप्सेमा साताको अन्तिम दिन उत्साह : २७.९४ अंकको वृद्धिसँगै २५५९ विन्दु पार 1

नेप्सेमा साताको अन्तिम दिन उत्साह : २७.९४ अंकको वृद्धिसँगै २५५९ विन्दु पार

काठमाडौं। नेप्सेमा आज वृद्धि भएको छ। आज शुक्रबार नेप्से २७.९४ अंकले बढेर २५५९...