Techie IT
KTM Post
बिहीबार, २५ असार, २०८३

२४ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य २४ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यता, आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ सय ६० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी प्रतितोला ४ हजार ३ हजार ४० सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

 

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट