५ हजार ५ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ५ हजार ५ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ५ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २ सय १५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ८ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ












प्रतिक्रिया