Techie IT
KTM Post
सोमबार, १८ जेठ, २०८३

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य २ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने सामान्य बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ३ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोलाको ५ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

 

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट