Techie IT
KTM Post
मंगलबार, १९ जेठ, २०८३

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ४ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ४ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको ५ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

 

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट