Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

भेनेजुएला भूकम्प : भग्नावशेषबाट ३ वर्षीय बालकको जीवितै उद्धार


काठमाडौं । विनाशकारी भूकम्प गएको ६ दिनपछि भेनेजुएलामा एक तीन वर्षीय बालकलाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ । जोर्डनको उद्धार टोलीले दिएको जानकारी अनुसार ला गुइरा राज्यको भग्नावशेषबाट ती बालकलाई सुरक्षित रूपमा बाहिर निकालिएको हो ।

देशका अन्तरिम राष्ट्रपतिले क्लिबर मोरन नाम दिएका ती बालकलाई बाहिर निकाल्दै गर्दा उद्धारकर्मीहरूले खुसीयाली मनाएको भिडियो सार्वजनिक भएको छ । डेल्सी रोड्रिगेजले यस उद्धारलाई एउटा आशाको क्षण भनी वर्णन गरेकी छिन् ।

भूकम्प गएको सुरुवाती तीन दिनभित्र भग्नावशेषमा थुनिएका मानिसहरू जीवितै भेटिने सम्भावना बढी हुने जनाइएको छ। तर, यो उद्धार सो अवधिभन्दा धेरै ढिलो गरी भएको हो । जोर्डनको नागरिक रक्षा टोलीका अनुसार क्लिबरलाई प्राथमिक उपचारपछि अस्पताल लगिएको छ र उनको स्वास्थ्य अवस्था सामान्य छ ।

भेनेजुएला एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजले बालकको राजधानी काराकासमा उपचार भइरहेको छ । ला गुइरा भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो, जहाँ स्थानीय मानिसहरू आफैँ पनि उद्धार कार्यमा जुटिरहेका छन् ।

गत हप्ता ७.२ र ७.५ म्याग्निच्युडका विनाशकारी भूकम्प जाँदा मृत्यु हुनेको संख्या १,९४३ पुगेको छ । भूकम्पमा परी १० हजार भन्दा बढी मानिस घाइते भएका छन् भने हजारौँ मानिस अझै बेपत्ता छन् । नासाको भूउपग्रह तथ्याङ्कको प्रारम्भिक मूल्याङ्कन अनुसार शक्तिशाली धक्काका कारण ५८,८७० वटा भवनहरू क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएका छन् ।

भूकम्प प्रभावित ३०,००० मानिसलाई ६ महिनासम्म संरक्षण, राहत सामग्री र अस्थायी आवास सहयोग पुर्‍याउन सुरुवाती चरणमा १ करोड ५० लाख डलर आवश्यक पर्ने बताएको छ ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट