अमेरिकाले फेरि थाल्यो इरानमा हवाई आक्रमण, होर्मुज स्ट्रेटमा फेरि तनावसँगै तेलको मूल्य वृद्धि
काठमाडौं । स्ट्रेट अफ होर्मुजमा तीनवटा तेल ट्याङ्करमाथि भएको आक्रमणपछि अमेरिकाले इरानका दर्जनौँ सैन्य लक्ष्यमा शक्तिशाली हवाई आक्रमण गरेको छ । अमेरिकी सेनाको केन्द्रीय कमाण्ड ९सेन्टकम०ले मंगलबार ८० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको जनाएको छ ।
सेन्टकमका अनुसार आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स ९आईआरजीसी०का स्टे«ट अफ होर्मुज क्षेत्रमा रहेका ६० भन्दा बढी साना डुङ्गा, क्षेप्यास्त्र प्रक्षेपण स्थल तथा सैन्य कमाण्ड केन्द्रहरूलाई निशाना बनाइएको छ । कुन–कुन स्थानमा आक्रमण गरिएको हो भन्ने विवरण भने सेन्टकमले सार्वजनिक गरेको छैन ।
इरानका उपविदेशमन्त्रीले अमेरिकी कारबाहीलाई गत महिना अमेरिका र इरानबिच भएको समझदारी सम्झौताको उल्लङ्घन भएको बताएका छन् । उनले तेहरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न निर्णायक कदम चाल्ने चेतावनी दिएका छन् । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमण केश्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा भएको छ। आक्रमणका क्रममा विस्फोटका छर्राबाट केही सर्वसाधारण घाइते भएको जनाइएको छ ।
तीन तेल ट्याङ्करमाथि भएको आक्रमणको जिम्मेवारी इरानले औपचारिक रूपमा स्वीकार गरेको छैन । अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष नागरिकले सञ्चालन गरिरहेका व्यावसायिक जहाजमाथिको आक्रमणलाई पूर्ण रूपमा अस्वीकार्य भन्दै त्यसको मूल्य चुकाउनुपर्ने जनाएको छ । सेन्टकमले आफ्नो कारबाही व्यावसायिक जहाजहरूलाई लक्षित गरिएका आक्रमणको जवाफस्वरूप गरिएको स्पष्ट पारेको छ ।
यसअघि अमेरिकी अर्थमन्त्रालयले इरानमाथिको तेल प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाउने व्यवस्था पनि रद्द गरेको थियो । उक्त व्यवस्था अमेरिका र इरानबिच गत महिना भएको समझदारीको एक हिस्सा थियो । इरानको विदेश मन्त्रालयले भने अमेरिकाको उक्त निर्णयलाई सम्झौताको उल्लङ्घन भन्दै वासिङ्टनको दोहोरिएको अविश्वसनीय र असंगत व्यवहारको प्रमाण भएको प्रतिक्रिया दिएको छ ।
आक्रमण भएपनि अमेरिकी अधिकारीहरूले भने अन्तिम सम्झौताका लागि इरानसँग कूटनीतिक वार्ता जारी रहने बताएका छन् । एक अमेरिकी अधिकारीका अनुसार वासिङ्टनले अझै पनि सद्भावपूर्वक वार्तालाई अगाडि बढाउने नीति कायम राखेको छ ।
तेल प्रतिबन्ध पुनः लागू, बजारमा कच्चा तेलको मूल्य बढ्यो
पछिल्लो तनाबसँगै अमेरिकाले इरानी तेल निर्यातमा दिइएको अस्थायी छुट फिर्ता लिएको छ। अमेरिकी अधिकारीहरूका अनुसार यी प्रतिबन्धहरू आउँदो जुलाई १७ देखि पूर्ण रूपमा लागू हुनेछन्।
अमेरिका-इरान तनाव र जलसन्धिमा भएको आक्रमणको प्रत्यक्ष असर विश्व बजारमा देखिएको छ। समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी क्रुड फ्युचर्स (कच्चा तेल) को मूल्य २.७ प्रतिशतले बढेर प्रति ब्यारेल ७२.४० डलर पुगेको छ। लगानीकर्ताहरूले बढ्दो मुद्रास्फीति र ब्याजदरको सम्भावनालाई आकलन गर्न थालेका छन्।
इरानका उप-विदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकी कदमलाई हालै तेहरान र वासिङ्टनबीच भएको इस्लामाबाद सम्झौताको धारा १, २ र १० को ठाडो उल्लङ्घन भएको बताएका छन्। उनले राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न इरानले निर्णायक कदम चाल्ने चेतावनी दिए।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया