KTM Post Logo
KTM Post Logo

एसीसी प्रिमियर कप फाइनलमा नेपाल र यूएई भिड्दै

📰
KTM Post

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको उपाधिका लागि शनिबार (भदौ २७) यूएईको सामना गर्दै छ । खेल मलेसियाको बायोमास ओभलमा नेपाली समयअनुसार बिहान ७स्१५ मा सुरु हुनेछ । नेपाल दोस्रो तथा यूएई लगातार तेस्रोपटक फाइनलमा प्रतिस्पर्धा गर्दै छन् ।

नेपाल सन् २०२३ र यूएई गत संस्करणको च्याम्पियन हुन् । यो खेलको विजेताले एसीसी एसिया कपमा स्थान बनाउनेछ । त्यसैले दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने छन् ।

प्रतियोगितामा अपराजित रहने यूएई एक्लो टोली हो । यूएईले समूह चरणमा ओमन, कतार, कुवेत र सिंगापुर तथा सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो ।

नेपालले भने एक खेल गुमाएको छ । समूह चरणमा बहराइन, मलेसिया र हङकङविरुद्ध जित निकालेको नेपाल हङकङसँग भने पराजित भएको थियो । यसैगरी, नेपालले सेमिफाइनमा ओमानलाई हराएको थियो ।

दुवै टोलीको ब्याटिङमा भने केही कमजोरी देखिएको छ । सेमिफाइनलमा नेपाल १४७ रन बनाएर पनि जित निकाल्न सफल भयो । यता, यूएईले ७१ रनको लक्ष्य पूरा गर्न तीन विकेट गुमाएको थियो ।

पछिल्लो खेलमा दीपेन्द्रसिंह ऐरीले लय समात्नु नेपालका लागि राम्रो संकेत हो । अलराउन्ड प्रदर्शन गरेका उनले तीन विकेट पनि लिएका थिए ।

जारी खेलमा नेपालका लागि इशान पाण्डेले सर्वाधिक १५२ रन प्रहार गरेका छन् । यसैगरी अर्जुन कुमालले ११० रन बनाएका छन् ।

यसैगरी, यूएईका लागि अदिब उस्मानीले सर्वाधिक १८२ रन बनाएका छन् । उनलाई तुसार सुरीले १४६ रन बनाएर साथ दिइरहेका छन् ।

दुवै टोलीको बलियो पक्ष भनेको बलिङ नै हो । नेपालका कप्तान सन्दीप लामिछाने उत्कृष्ट लयमा छन् । सर्वाधिक विकेटकर्ताको सूचीमा अगाडि छन् । उनले १६ विकेट लिएका छन् । सन्दीपलाई ललितनारायण राजवंशीले ९ विकेटका साथ साथ दिइरहेका छन् ।

यता, यूएईका लागि आयन खान र हैदर अलीले १०–१० विकेट लिएका छन् ।

लामो समयदेखि प्रतिस्पर्धा गरिरहेको हुँदा दुवै टोलीलाई एकअर्काको बलियो र कमजोर पक्षका बारेमा राम्रोसँग थाहा छ । त्यसैले उनीहरू सचेत भएर खेल्नेछन् ।

एसीसी प्रिमियर कपमा यी दुई टोलीबीच दुई खेल भएका छन् । जसमा दुवै टोलीले एक–एक खेल आफ्नो पक्षमा पारेका छन् ।

सन् २०२३ को फाइनलमा नेपालले यूएईलाई निरास बनाउँदै एसिया कपको टिकट काटेको थियो । २०२४ मा यूएईले बदला लिँदै नेपाललाई सेमिफाइनलमै रोकेको थियो । त्यसैले यी दुई चिरपरिचित प्रतिद्वन्द्वीको खेल रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ ।

एकदिवसीय अन्तर्राष्ट्रियको इतिहासलाई हेर्ने हो भने नेपाल केही बलियो स्थितिमा छ । हालसम्म यी दुईबीच १९ खेल हुँदा नेपालले ११ र यूएईले आठ खेलमा जित निकालेको छ ।

पछिल्ला दुई खेलमा भने नेपालले यूएईलाई पराजित गरेको छ । यी दुवै खेल नेपालको घरेलु मैदानमा भएका थिए ।

नेपाल यूएईविरुद्ध जितको लक्ष्य कायम राख्ने लक्ष्यमा छ । तर, उत्कृष्ट प्रदर्शन गरिरहेको यूएईसँग खेल्न त्यति सहज भने हुने छैन ।

सम्बन्धित समाचार

एसिसी प्रिमियर कप फाइनल: उपाधिका लागि आज नेपाल र युएई आमनेसामने 1

एसिसी प्रिमियर कप फाइनल: उपाधिका लागि आज नेपाल र युएई आमनेसामने

काठमाडाैं। तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज साविक विजेता नेपाल र युनाइटेड अरब इमिरेट्स ...

भारतबाट एक र चीनबाट दुई बेलिब्रिज प्राप्त, ४९ वटा आउने क्रममा 1

भारतबाट एक र चीनबाट दुई बेलिब्रिज प्राप्त, ४९ वटा आउने क्रममा

काठमाडौं । भोटेकोसी बाढीपछि नेपालले भारत र चीनबाट तीनवटा बेलिब्रिज प्राप्त गरेको छ ।परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार,...

बाढीपीडितको सहयोगका लागि नेपाल-बंगलादेश टी-२० क्रिकेट सिरिज प्रस्ताव 1

बाढीपीडितको सहयोगका लागि नेपाल-बंगलादेश टी-२० क्रिकेट सिरिज प्रस्ताव

काठमाडौं । बंगलादेश र नेपालले खेलकुद तथा सांस्कृतिक आदानप्रदानका माध्यमबाट द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन चासो व्यक्त गरेका छन् । यसका लागि दुई...

२०औं एसियाली खेलकुद: २११ सदस्यीय नेपाली टोलीलाई खेलकुदमन्त्री पोखरेलद्वारा बिदाइ 1

२०औं एसियाली खेलकुद: २११ सदस्यीय नेपाली टोलीलाई खेलकुदमन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद मा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन...