सुनको मूल्य तोलामा १८ सयले घट्यो, चाँदी पनि सस्तियो
काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घट्दै ४ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा खरिद-बिक्री भएको थियो।
सम्बन्धित समाचार
अर्बौं रुपैयाँ राजस्व असुलीको विषयमा सरकार र इन्टरनेट सेवा प्रदायकबीच कानुनी प्रतिस्पर्धा
काठमाडौं । नेपालको दूरसञ्चार तथा कर प्रशासनसँग सम्बन्धित एउटा महत्वपूर्ण विवाद अहिले सर्वोच्च अदालतको विचाराधीन अवस्थामा पुगेको छ । ठूला करदाता...
विदेशी मुद्राको विनिमयदर: डलर र युरो स्थिर रहँदा यस्तो छ अन्य मुद्राको भाउ
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२...
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
भद्रपुर । काँकडभिट्टा नाकाबाट आर्थिक वर्ष २०८२/८३ मा रु २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।काँकडभिट्टा भन्सार...






