,
,,::
KTM Post Logo
Nepal Voices

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

📰
KTM Post

भद्रपुर (झापा)। काँकडभिट्टा नाकाबाट आर्थिक वर्ष २०८२/८३ मा रु २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।काँकडभिट्टा भन्सार कार्यालयका अनुसार उक्त अवधिमा पेट्रोल, डिजेल र लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ नेपाल भित्रिएको हो।

कार्यालयका अनुसार सबैभन्दा बढी रु १२ अर्ब १८ करोड सात लाख ६४ हजार बराबरको पेट्रोल आयात भएको छ। त्यसैगरी रु नौ अर्ब ५५ करोड ४९ लाख सात हजार बराबरको डिजेल र रु दुई अर्ब ७७ करोड १० लाख ७३ हजार बराबरको एलपीजी आयात गरिएको छ।यसअघि आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाकाबाट रु आठ अर्ब ९२ करोड ८५ लाख २६ हजार बराबरको पेट्रोल तथा रु सात अर्ब तीन करोड ३२ लाख १९ हजार बराबरको डिजेल आयात भएको थियो।

काँकडभिट्टा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार गत आर्थिक वर्षमा पेट्रोल आयातबाट रु पाँच अर्ब ८५ करोड ३७ लाख ५० हजार तथा डिजेल आयातबाट रु दुई अर्ब ९३ करोड २२ लाख ३९ हजार राजस्व सङ्कलन भएको छ।

सम्बन्धित समाचार

अर्बौं रुपैयाँ राजस्व असुलीको विषयमा सरकार र इन्टरनेट सेवा प्रदायकबीच कानुनी प्रतिस्पर्धा 1

अर्बौं रुपैयाँ राजस्व असुलीको विषयमा सरकार र इन्टरनेट सेवा प्रदायकबीच कानुनी प्रतिस्पर्धा

काठमाडौं । नेपालको दूरसञ्चार तथा कर प्रशासनसँग सम्बन्धित एउटा महत्वपूर्ण विवाद अहिले सर्वोच्च अदालतको विचाराधीन अवस्थामा पुगेको छ । ठूला करदाता...

विदेशी मुद्राको विनिमयदर: डलर र युरो स्थिर रहँदा यस्तो छ अन्य मुद्राको भाउ 1

विदेशी मुद्राको विनिमयदर: डलर र युरो स्थिर रहँदा यस्तो छ अन्य मुद्राको भाउ

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२...

सुनको मूल्य तोलामा १८ सयले घट्यो, चाँदी पनि सस्तियो 1

सुनको मूल्य तोलामा १८ सयले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८ सय...