मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव: आज देशका केही स्थानमा भारी वर्षाको जोखिम
काठमाडौं। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको मध्य-पश्चिम भूभाग आसपास न्यून चापीय प्रणाली बनेको छ। उक्त प्रणाली आगामी दिनमा थप सशक्त बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
यसैगरी मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका साथै मधेश प्रदेश र कोशी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
आज राति पनि देशभर साधारणतया बादल लागिरहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा एवं लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
रातिको समयमा पनि मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
सम्बन्धित समाचार
जेन-जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा
सरकारले जेन-जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइते विद्यार्थीहरूलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको छ।शिक्षा...
मौसमको पूर्वानुमान र सरकारको तयारी: के गर्ने ? के नगर्ने ?
असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने पूर्वानुमानसँगै सरकारले सम्भावित जोखिम...
नदी तटीय क्षेत्रमा टिम मोबिलाइजेसनदेखि नागरिकलाई अलर्ट गराउने प्लानिङमा छौं : गृहमन्त्री
गृहमन्त्री सुदन गुरुङले सरकार आवश्यक पूर्वतयारीमा जुटिसकेको बताएका छन्।पछिल्लो मौसम प्रणाली र सम्भावित जोखिमको अवस्थाबारे जानकारी लिन मंगलबार जल तथा...
शुक्रबारदेखि आइतबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान...




