KTM Post Logo
KTM Post Logo

जेन-जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

📰
KTM Post

सरकारले जेन-जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइते विद्यार्थीहरूलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले ‘जेन-जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत गर्दै यस्तो सुविधा कार्यान्वयनमा ल्याएको हो।

मापदण्डअनुसार आन्दोलनका क्रममा सहादत प्राप्त गरेका व्यक्तिका छोराछोरी, सहोदर दाजुभाइ-दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइतेको परिचयपत्र प्राप्त व्यक्तिहरूलाई लाभग्राहीका रूपमा समेटिएको छ।

सहिद परिवार र घाइतेको शिक्षामा समान पहुँच स्थापित गर्न राज्यले विद्यालय तहदेखि उच्च शिक्षासम्म सहयोग गर्ने नीति लिएको हो।

व्यवस्थाअनुसार आधारभूत तह तथा माध्यमिक तहमा अध्ययनरत लाभग्राहीले निःशुल्क शिक्षासँगै पोशाक र पाठ्य सामग्री खरिदका लागि स्थानीय तहमार्फत नगद अनुदान पाउनेछन्।

यसैगरी, निजी विद्यालयहरूले कानुनअनुसार प्रदान गर्नुपर्ने छात्रवृत्ति कोटामा पनि यस्ता लाभग्राहीलाई प्राथमिकताका साथ समेट्नुपर्ने व्यवस्था गरिएको छ।

स्नातक तह अध्ययनका लागि भने सबै विश्वविद्यालयहरूले उपलब्ध गराउने छात्रवृत्ति कोटामा लाभग्राहीका लागि निश्चित सिट आरक्षण गरिनेछ। कोटामा छनोट हुन नसकेका विद्यार्थीलाई विश्वविद्यालय अनुदान आयोगमार्फत नगदसहितको छात्रवृत्ति उपलब्ध गराइने मापदण्डमा उल्लेख छ।

यो सुविधा पाउन आधारभूत र माध्यमिक तहका विद्यार्थीले विद्यालयमार्फत स्थानीय तहमा तथा स्नातक तहका विद्यार्थीले क्याम्पसमार्फत विश्वविद्यालय अनुदान आयोगमा आवेदन दिनुपर्नेछ।

आवेदनका साथ लाभग्राही परिचयपत्र, नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र, नाता प्रमाणित कागजात र अध्ययनरत शिक्षण संस्थाको सिफारिस अनिवार्य पेश गर्नुपर्नेछ।

सम्बन्धित समाचार

दशैंमा अग्रिम टिकट बुकिङ खुलाउने निर्णय, अनलाइन बुकिङ र अनुगमनमा कडाइ गरिने 1

दशैंमा अग्रिम टिकट बुकिङ खुलाउने निर्णय, अनलाइन बुकिङ र अनुगमनमा कडाइ गरिने

काठमाडौं। आगामी दशैंलगायत चाडपर्वका अवसरमा सर्वसाधारणको सहज र सुरक्षित आवतजावत सुनिश्चित गर्न सरकार तथा यातायात सम्बद्ध निकायहरूले सार्वजनिक यातायात...

सिद्धबाबा सुरुङमार्गः आगामी मंसिरभित्रै गाडी गुडाउने तयारी 1

सिद्धबाबा सुरुङमार्गः आगामी मंसिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा। निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा आगामी मंसिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी तीव्रताका साथ अघि बढाइएको छ।सिद्धबाबा...

मौसमको पूर्वानुमान र सरकारको तयारी: के गर्ने ? के नगर्ने ? 1

मौसमको पूर्वानुमान र सरकारको तयारी: के गर्ने ? के नगर्ने ?

असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने पूर्वानुमानसँगै सरकारले सम्भावित जोखिम...

नदी तटीय क्षेत्रमा टिम मोबिलाइजेसनदेखि नागरिकलाई अलर्ट गराउने प्लानिङमा छौं : गृहमन्त्री 1

नदी तटीय क्षेत्रमा टिम मोबिलाइजेसनदेखि नागरिकलाई अलर्ट गराउने प्लानिङमा छौं : गृहमन्त्री

गृहमन्त्री सुदन गुरुङले सरकार आवश्यक पूर्वतयारीमा जुटिसकेको बताएका छन्।पछिल्लो मौसम प्रणाली र सम्भावित जोखिमको अवस्थाबारे जानकारी लिन मंगलबार जल तथा...