मनसुनी र पश्चिमी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना
काठमाडाैं। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ।
यतिबेला कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बदली (बादल) रहेको छ भने बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ। अहिले कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, देशका पहाडी भू-भागका केही स्थान र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।
आज राति देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान, लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानका साथै मधेश, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
सम्बन्धित समाचार
उपत्यकामा २४ घण्टाभित्र १,२१३ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा
काठमाडाैं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा नियम उल्लङ्घन गर्ने १ हजार २१३ जना सवारी चालकहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।काठमाडौं...
काठमाडौं जिल्ला अदालत परिसरबाटै साढे ४ लाखभन्दा बढी लेनदेन गर्ने दुई जना पक्राउ
काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसरमा धरौटीमा छुटाइदिने भन्दै रकम लेनदेन गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोटका...
माथिल्लो त्रिशूली १ सुरूङमा शुक्रबार मात्र १३ वटा शव फेला
काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको सुरूङमा शुक्रबार मात्र १३ वटा शव फेला परेका छन्।सेनाका अनुसार सुरूमा अडिट-३ टनेलभित्र छडको जालीमा...
बाह्य अर्थतन्त्र मजवुद : विदेशी मुद्रा सञ्चितिले भेट्टायो साढे ३९ खर्बको उचाइ
काठमाडौं । नेपालको बाह्य आर्थिक तथा वित्तीय क्षेत्रमा निकै ठूलो सुदृढीकरण र सबलता देखिएको छ। नेपाल राष्ट्र बैंकद्वारा हालै सार्वजनिक गरिएको आर्थिक...




