उपत्यकामा २४ घण्टाभित्र १,२१३ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा
काठमाडाैं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा नियम उल्लङ्घन गर्ने १ हजार २१३ जना सवारी चालकहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चलाइएको विशेष चेकिङका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ११८ जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। त्यस्तै सिसीटिभी फुटेजका आधारमा ७३ जना र रातो बत्तीको नियम उल्लंघन गर्ने ८२ जना चालक कारबाहीमा परेका छन्।
यसैगरी तीव्र गतिमा सवारी चलाउने १५४, प्रतिबन्धित क्षेत्रमा हर्न बजाउने ४०, अनुशासित लेन पालना नगर्ने ६४, सवारीसाधनको यान्त्रिक अवस्था ठिक नराख्ने ३९, एकतर्फी (वान-वे) सडकमा सवारी हाक्ने १५ र अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने १५ जना चालकलाई कारबाही गरिएको छ।
सम्बन्धित समाचार
काठमाडौं जिल्ला अदालत परिसरबाटै साढे ४ लाखभन्दा बढी लेनदेन गर्ने दुई जना पक्राउ
काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसरमा धरौटीमा छुटाइदिने भन्दै रकम लेनदेन गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोटका...
मनसुनी र पश्चिमी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना
काठमाडाैं। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर...
माथिल्लो त्रिशूली १ सुरूङमा शुक्रबार मात्र १३ वटा शव फेला
काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको सुरूङमा शुक्रबार मात्र १३ वटा शव फेला परेका छन्।सेनाका अनुसार सुरूमा अडिट-३ टनेलभित्र छडको जालीमा...
बाह्य अर्थतन्त्र मजवुद : विदेशी मुद्रा सञ्चितिले भेट्टायो साढे ३९ खर्बको उचाइ
काठमाडौं । नेपालको बाह्य आर्थिक तथा वित्तीय क्षेत्रमा निकै ठूलो सुदृढीकरण र सबलता देखिएको छ। नेपाल राष्ट्र बैंकद्वारा हालै सार्वजनिक गरिएको आर्थिक...




