KTM Post Logo
KTM Post Logo

अमेरिका र आदिवासी चिकासा

📰
KTM Post

भवानी बराल

अमेरिकाको संघीय सरकारले ५७५ वटा अर्थात् संघीयरुपमा मान्यता प्राप्त (federally recognized tribes) आदिवासी राष्ट्र/जनजाति/गाउँलाई मान्यता दिएको छ। चिकासा राष्ट्र) अमेरिकाका धेरै मूलनिवासी/नेटिभ अमेरिकी (Native American) समुदायमध्ये एउटा हो । यो आलेखमा त्यही चिकासा राष्ट्रको मात्र चर्चा गरिनेछ । यसअर्थमा कि मेरो स्थलगत अध्ययनको मेलो यसै समुदायमा मात्र सम्भव भयो । 

तर अन्य प्रमुख नेटिभ अमेरिकी समुदायहरु पनि छन : चिकासा (Chickasaw) मूख्यत ओक्लोहोमा, चेरोकी (Cherokee) ओक्लोहोमा र नर्थ क्यारोलेना, चोक्टो (Choctaw) ओक्लोहोमा र मिसिसिपी, मस्कोगी/क्रीक (Muscogee/Creek) ओक्लोहोमा,  सेमिनोल  (Seminole) ओक्लोहोमा र फ्लोरिडा, नाभाजो राष्ट्र (Navajo Nation) एरिजोना र न्यु मेक्सिको, अपाचे (Apache) ) एरिजोना, न्यु मेक्सिको र ओक्लोहोमा आदिस्थानमा बसेबास गर्छन । यसरी नै सिउ/लाकोटा/डाकोटा (Sioux/Lakota/Dakota) साउथ डाकोटा र नर्थ डाकोटा, कोमान्चे (Comanche) ओक्लोहोमा,  इरोक्वोइस/हाउडेनोसाउनी (Iroquois/Haudenosaunee) न्यु योर्क असपास, Blackfeet ब्ल्याकफिट (Blackfeet) मोन्टानामा बस्छन । यस्तै शोशोनी (Shoshone) नभादा वाओमिङ्, प्युबोलो समुदायहरु (Pueblo) न्यु मेक्सिको,  अलास्काका मूलनिवासी समुदाय (Inuit, Yupik, Aleut) र मूल हवाइयन (Hawaiian Native) हवाई आदि क्षेत्रमा बस्छन । ‍

तर यी सबै समुदायलाई सोलोडोलो एउटै जाति वा एउटै संस्कृति सभ्यता भएको मान्न मिल्दैन। भाषा, इतिहास, परम्परा, धर्म, भूगोल र राजनीतिक संरचना फरकफरक छन्। ती विषयमा छुट्टै चर्चा हुनेछ । अमेरिकी कानुनमा संघीयरुपमा मान्यता प्राप्त जनजातिहरुलाई केही हदसम्म स्वशासन (Tribal Sovereignty) को अधिकार पनि छ र उनीहरूको सम्बन्ध अमेरिकी सरकारसँग सरकारदेखि सरकारसम्म (government-to-government) रुपमा हुन्छ । 

चिकासा राष्ट्र (Chickasaw Nation) लाइ जनजातीय समुदायलाइ आधिकारिक भाषामा नेसन नै भनिन्छ । नेपाली चल्तीको भाषामा राष्ट्र भनेको देशलाइ बुझ्ने गरिन्छ । तर अंग्रेजी भाषामा नेसनको अर्थ कुनै समुदाय विशेषलाइ सम्बोधन गर्ने शब्दावली हो ।  अर्को शब्दमा चिकासा राष्ट्र अमेरिकाको मूलनिवासी (Native American) हो । अर्थात अमेरिकी जनजातीय राष्ट्रमध्ये एक हो । तर खुदै चिकासा समुदायले आफुलाई ओरिजनल अमेरिकन वा मूलभूत निवासी भन्न रुचाउँछन । दोस्रो उनीहरु अंग्रेजी शब्दको "इण्डिजिनियस" भनेको रुचाउँदा रहेछन । तर अमेरिकी आधिकारिक सरकारी भाषामा "अमेरिकी नेटिभ" भनिदो रहेछ । यी समुदायको मूख्य भू-भाग दक्षिण–मध्य ओक्लाहोमा (Oklahoma) मा पर्छ र यसको ऐतिहासिक क्षेत्र अहिले (Oklahoma) का १३ वटा काउन्टीमा फैलिएको छ । 

विश्व इतिहासमा रेड इण्डियनको नामबाट यी नेटिभ समुदाय परिचित छन् । कोलोम्बस भारत पत्ता लगाउन हिँडेका थिए । तर झुक्किएर अमेरिका पुगेपछि कोलोम्बसले भारतीय नै ठानी रेड इण्डियन नाम यी समुदायलाइ दिएको भनाइ छ । कतिपय इतिहासकारहरुले करिव आठ दशहजार वर्ष पहिलेदेखि यी समुदाय अमेरिका बसोबास गर्दै आएको बताएका छन । जुन समयमा यहाँ अरु समुदाय थिएन । यसर्थ अमेरिकाको आदिवासी समुदाय यिनै रेड इण्डियन हुन तीन मध्येको चिकासा एउटा समुदाय हो । प्रकृतिसंग अन्तरंग सम्बन्ध भएका यिनै समुदायले अनेकौ खाद्य पदार्थ यही जंगलबाट परिचित गराएर मानव समुदायमा पुर्याएका थिए । मौखिक मुन्धुम अनुसार ब्रम्हाण्ड उत्पत्तिसंगै मानव  उत्पत्तिको कथा यिनको रोचक छ । अमेरिकी विश्वविद्यालयमा इतिहासको प्रोफेसर रही आएकी भारतीयमूलकी अर्चना ओझाले नेटिभ अमेरिकनको खोज अनुसन्धानपछि धेरै सम्बन्धहरु बाहिर ल्याएकी छिन ।  उनको अनुसार कोलम्बसले भारत पत्ता लगाएको भए उनीहरुको शोषण भारतीयहरुले खप्नु पर्ने थियो । तर कोलम्बस झुक्किएर अमेरिका आइपुगेकोले हामी पीडित भयौं भन्ने विचार चिकासाको रहेछ । उनीहरु अमेरिकी स्वतन्त्रता गोरा नश्लको मुक्तिसंगमात्र सम्बन्धित रहेको मान्दाछन । सन् १८९० सम्ममा अमेरिकी नेटिभलाइ गोरा नश्लको सरकारले जेनोसाइड गर्न कुनै बाँकी नराखेको कुरा पनि ओझाको अध्ययनको विषय छ ।

यो समुदायको ऐतिहासिक थातथलो मिसिसिपी (Mississippi), अलाबामा (Alabama), केन्टकी (Kentucky) र टेनेसी (Tennessee) को दक्षिण–पूर्वी क्षेत्र हो । तर यो समुदायलाइ पुर्ख्यौली थातथलोबाट जबर्जस्ती ओक्लाहोमा राज्यको दक्षिण–मध्य भूभागमा सारियो । सन् १८३७ पछि उनीहरुलाई जबर्जस्ती इण्डियन क्षेत्र (Indian Territory) हालको ओक्लाहोमा सारिएको हो । सन् १८५६मा उनीहरुलाइ सम्बोधन गरिएको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहीतको संविधान बनाइयो । र त्यसै अनुरुप अलग्गै सरकार गठन गरियो । अहिले पनि आफ्नै लोकतान्त्रिक जनजातीय सरकार छ । राज्यपाल, उप–राज्यपाल एवम्  १३ जनाको विधायिका हुन्छ । तीन जना सर्वोच्च अदालतमा न्यायधिस निर्वाचित गरिन्छ । चिकासा राष्ट्र अमेरिकी राज्य होइन, तर अमेरिकी संघीय सरकारले मान्यता दिएको स्वशासित जनजातीय राष्ट्र (sovereign tribal nation) हो। यसको आफ्नै संविधान, सरकार, अदालत र कानून छ । आधिकारिक रुपमा यो सार्वभौम क्षेत्रमा अमेरिकी संघ ओक्लाहोमा राज्य र चिकासा राष्ट्रको झण्डा फहराइन्छ । तर यो अमेरिकी संघीय संरचनाभित्रको विशेष कानुनी हैसियत भएको राष्ट्र हो । एक अभिलेख अनुसार विश्वभर ८१,५०० भन्दा बढी चिकासा राष्ट्र रहेको बताइन्छ । यो संख्या सन् २०२४ को प्रगति विवरणले अभिलेख गरेको छ । तर २०२६ जुलाई १ सम्म दर्ता भएका तथ्याङकमा चिकासाको मतदाता संख्या ४५ हजार ९३३ मात्र छ । यी नागरिकहरु सबै ओक्लोहोमा मै बस्दैनन् । अमेरिकाका विभिन्न राज्यमा पनि बसोबास गर्छन्। २०२५ को आधिकारिक विवरणअनुसार ४१ राज्यमा ४३ वटा नागरिकहरुको सक्रिय बसोबास थियो। त्यसैले चिकासा जाति/राष्ट्रको जनसंख्या भन्नाले नागरिकता प्राप्त चिकासा मानिसको संख्या करिब ८१ हजार ५००+ भन्न मिल्छ।

चिकासा राष्ट्रको ओक्लोहोमामा रहेको संग्राहलय हेर्ने मौका मिल्यो । संग्राहलयको आँखोदेखा अनुभूतिले यसको अद्वितीय सभ्यतालाइ उज्गार गर्छ । 


सम्बन्धित समाचार